मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

भारतीय लगानीकर्ता स्कर्पियन क्यापिटलको नेपालमा चासो, २५ परियोजनामा लगानीको सम्भावना


  • 3.5K
    SHARES
  • http://indianyoga.school/posts/9610
    साउन ८, २०८२ बिहीबार
    भारतीय लगानीकर्ता स्कर्पियन क्यापिटलको नेपालमा चासो, २५ परियोजनामा लगानीको सम्भावना

    काठमाडौं, ८ साउन । काठमाडौंमा अवस्थित पिक्टेट वर्ल्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि.ले नेपालका २५ वटा विभिन्न निजी योजनाहरूमा लगानी भित्र्याउन भारतको नयाँ दिल्लीस्थित प्रतिष्ठित लगानी कम्पनी स्कर्पियन क्यापिटलसँग सहकार्यको थालनी गरेको छ। यस ऐतिहासिक सहकार्यको औपचारिक घोषणा र विस्तृत जानकारी गराउन शुक्रबार एक विशेष पत्रकार सम्मेलन आयोजना गरिने कम्पनीले जनाएको छ ।
    पिक्टेट वर्ल्ड इन्भेष्टमेन्टको निमन्त्रणामा स्कर्पियन क्यापिटलका प्रतिनिधिहरूले हालै नेपालको भ्रमण सम्पन्न गरेका छन् । भ्रमणका क्रममा लगानीका सम्भावना, वित्तीय साझेदारी र योजना कार्यान्वयनका विषयमा भएका छलफलहरू सफल र फलदायी रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यो सहकार्यका उपलब्धि, सम्भावित लगानीका क्षेत्र र वित्तीय साझेदारीबारे विस्तृत जानकारी गराउन ‘भाइब्रेन्ट नेपाल – इन्भेस्टर्स मिट एन्ड ग्रीट’ नामक कम्पनीले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ ।
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र रानाका अनुसार, यो सहकार्यले नेपालमा विदेशी लगानीका लागि नयाँ ढोका खोल्नेछ। उनले भने, हामीले नेपालका २५ वटा सम्भावनायुक्त निजी परियोजनाहरूमा लगानीका लागि स्कर्पियन क्यापिटलमार्फत पहल गरेका छौं । यो हाम्रो लागि मात्र नभई समग्र नेपाली अर्थतन्त्रका लागि एक महत्त्वपूर्ण कदम हो ।
    कम्पनीका अनुसार पत्रकार भेटघाट कार्यक्रम शुक्रबार, २५ जुलाई २०२५ का दिन साँझ ६ बजे बुढानीलकण्ठमा रहेको होटल पाबेरामा हुनेछ। कार्यक्रममा स्कर्पियन क्यापिटलसँगको सहकार्यका उपलब्धिहरू र आगामी योजनाबारे प्रारम्भिक जानकारी सार्वजनिक गरिनेछ । यस कदमले दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij