मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पथलैयामा राजस्व चुहावट नियन्त्रणमा फड्को, धरौटी रकममा ९२ प्रतिशत वृद्धि


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/9634
    साउन ११, २०८२ आइतबार
    पथलैयामा राजस्व चुहावट नियन्त्रणमा फड्को, धरौटी रकममा ९२ प्रतिशत वृद्धि

    वीरगञ्ज पर्सा, ११ साउनः पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय प्रगति गर्दै अघिल्लो वर्षको तुलनामा धरौटी बापतको राजस्व सङ्कलनमा ९२.५० प्रतिशत वृद्धि गरेको छ ।
    कार्यालयले आर्थिक वर्ष २०७९।८० मा रु ६ करोड ११ लाख ३५ हजार सङ्कलन गरे पनि हालै सम्पन्न आर्थिक वर्ष २०८०।८१ मा यो रकम झण्डै दोब्बर वृद्धि भई रु ११ करोड ७६ लाख ८५ हजार पुगेको हो ।
    राजस्व अनुसन्धान अधिकृत हरिप्रसाद शर्माका अनुसार, कार्यालयको कारबाहीले अन्य राजस्व सङ्कलन निकायको कार्यसम्पादनमा समेत सकारात्मक प्रभाव परेको छ। “यो निकायको कार्यक्षेत्र कारबाही केन्द्रित हुने भएकाले प्रत्यक्षभन्दा परोक्ष रूपमा समग्र राजस्व प्रशासनमा असर गर्छ,” उनले भने ।
    गत आवमा कार्यालयले राजस्व चुहावट र विदेशी विनिमय सम्बन्धी गरी २८ वटा मुद्दा दर्ता गरेको छ । त्यसमध्ये राजस्व चुहावटका १४ मुद्दा दर्ता भए जुन अघिल्लो वर्षको तीन मुद्दाको तुलनामा निकै उच्च हो ।
    यी मुद्दाहरुबाट रु ७६ करोड ३५ लाख ३६ हजार बराबरको मागदाबी गरिएको छ, जुन अघिल्लो वर्षको रु ४ करोड ५४ लाख ११ हजारको तुलनामा धेरै हो । यसबाट कार्यालयको निगरानी र कारबाही क्षमता बलियो बनेको स्पष्ट देखिन्छ ।
    त्यस्तै, लिलाम बिक्रीबाट पनि उल्लेख्य आम्दानी भएको छ । अघिल्लो वर्ष रु ८४ लाख ८६ हजारको वस्तु लिलाम भए पनि गत आवमा यो रकम रु ५ करोड ४९ लाख १८ हजार पुगेको छ ।
    भिसीटिएस जरिवाना शीर्षकमा पनि रु ९९ लाख ९८ हजार रकम सङ्कलन भएको छ, अघिल्लो वर्ष यो रकम रु ९८ लाख १५ हजार थियो ।
    राजस्व चुहावटमा रोक लगाउँदै राजस्व सुरक्षामा उल्लेखनीय सफलता हात पारेको यो कार्यालयको काम देशभरका अन्य निकायका लागि पनि अनुकरणीय बन्ने अपेक्षा समेत गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij