मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी विजयी नेपाली एकताको नयाँ अभियान सुरू


  • 766
    SHARES
  • http://indianyoga.school/posts/9636
    साउन ११, २०८२ आइतबार
    एनआरएनए बेलायतको अध्यक्षमा पुडासैनी विजयी नेपाली एकताको नयाँ अभियान सुरू

    बेलायत, ११ साउनः गैर आवासीय नेपाली सङ्घ एनआरएनए बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनामा पुडासैनीले १,४८२ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी गोविन्द खरेल ९७७ मत र मनिष खत्री ४९६ मतलाई पराजित गरे ।
    संघको नयाँ नेतृत्वमा उपाध्यक्षमा उज्ज्वल कार्की, डा. रक्षा थापा र रामप्रसाद कँडेल विजयी भएका छन् । महासचिवमा दिवाकर पाण्डे, खुला सचिवमा डिएन खराल र कृष्ण देवकोटा, सदस्यमा विष्णु खरेल र छविलाल अर्याल तथा इङ्ग्ल्याण्ड राज्य परिषद् अध्यक्षमा राममाया विष्ट थापा निर्वाचित भएका छन् ।
    नवनिर्वाचित अध्यक्ष पुडासैनीले एनआरएनए बेलायतलाई “महसुस गर्न सकिने, देखिने र खोज्दा भेटिने संस्था” बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले तल्लो तहसम्म संगठनको पहुँच पु¥याउने अभियान आजैदेखि सुरु भएको बताउँदै सबै बेलायतवासी नेपालीलाई एकतामा बाँध्ने प्राथमिकता रहेको जनाए ।
    “हामी जहाँ भए पनि नेपाली भएर बाँच्न परोस्,” अध्यक्ष पुडासैनीले राष्ट्रिय गीत उद्धृत गर्दै भने, “सबै नेपाली एउटै सयौँ थुँगा फूलका एउटै माला बनेर एक हुनुपर्छ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij