मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

मधेशमा आज ‘लगपाँच’ पर्व श्रद्धाका साथ मनाइँदै, घरघरमा नागको पूजा अर्चना


  • 685
    SHARES
  • http://indianyoga.school/posts/9653
    साउन १३, २०८२ मंगलबार
    मधेशमा आज ‘लगपाँच’ पर्व श्रद्धाका साथ मनाइँदै, घरघरमा नागको पूजा अर्चना

    महोत्तरी, १३ साउनः मधेश प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा आज परम्परागत रूपमा ‘लगपाँच’ पर्व श्रद्धाभावपूर्वक मनाइँदै छ । नागको पूजा–अर्चना गरी मनाइने यो पर्व विशेषतः हिन्दू धर्मावलम्बी मधेसी समुदायमा निकै महत्वपूर्ण मानिन्छ ।
    पर्वको अवसरमा मूलघरको चारैतिर गाईको गोबरले नागको चित्र कोरिन्छ र ती चित्रमा दुबो, सिन्दूर, अक्षता, दूध, लावा आदिबाट पूजाआजा गरिन्छ। विशेष गरी घरमूली र गृहिणीले बिहानै स्नान गरी नागचित्र बनाई पूजा आरम्भ गर्ने परम्परा रहेको छ ।
    महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झाले यो पर्वबारे जानकारी दिँदै भने, “नागचित्र कोरेर पूजा गरेपछि वर्षभर नागको भय नहुने जनविश्वास रहेको छ।” उनका अनुसार घरका चारै कुनामा भित्तामा नाग चित्र कोरेर पूजा गरिन्छ भने मुख्यद्वारमा कागजमा बनाइएको नागको चित्र टाँस्ने चलन रहेको छ ।
    मधेशमा ‘लगपाँच’ पर्व पश्चात् अन्य चाडपर्वको सुरुआत भएको मानिन्छ । यस पर्वले परम्परा, आस्था र सांस्कृतिक पहिचानको संरक्षणमा पनि विशेष योगदान पुर्‍याउँदै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij