मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सिमीजोन मुगुमा गत आवमा ७४ मेट्रिक टन सिमी बिक्री, ढुवानी चुनौती यथावत्


  • 496
    SHARES
  • http://indianyoga.school/posts/9657
    साउन १३, २०८२ मंगलबार
    सिमीजोन मुगुमा गत आवमा ७४ मेट्रिक टन सिमी बिक्री, ढुवानी चुनौती यथावत्

    गत आर्थिक वर्ष २०८१।८२ मा सिमीजोनको रूपमा चिनिएको मुगु जिल्लाबाट ७४ मेट्रिक टन सिमी अन्य जिल्लामा बिक्री भएको छ । जिल्ला कार्यान्वयन कार्यालयका अनुसार उक्त सिमी बिक्रीबाट किसानहरूले लाखौं रुपैयाँ आम्दानी गरेका हुन् । तर, बजार पहुँच र यातायातको असुविधाका कारण किसान अझै पनि उचित मूल्यबाट वञ्चित हुने अवस्था यथावत् रहेको बताइएको छ ।
    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त प्रमुख तेज विक्रम मल्लका अनुसार जिल्लाबाट मात्रै सिमीबाहेक चिनो, काउनो, रातो चामल, तितेफापर, मिठेफापर, नाफल, जौँ जस्ता परम्परागत बालीसमेत गरी करिब रु ४ करोड बराबरको अन्न बाह्य जिल्लामा बिक्री भएको छ ।
    कार्यक्रमले सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिएर सहयोग गरे पनि अन्य बालीका लागि यस्तो व्यवस्था नगर्दा उत्पादनको सदुपयोगमा चुनौती रहँदै आएको छ । गतआवमा सिमी ढुवानीका लागि रु ४ लाख ९० हजार अनुदान दिइएको थियो भने चालु आवमा सिमीका लागि रु ५ लाख र अन्य बालीका लागि रु ३ लाख विनियोजन गरिएको छ ।
    यसैबीच, चालु आवमा ८० मेट्रिक टन सिमी बिक्री गर्ने लक्ष्य लिएको कार्यालयले जानकारी दिएको छ । तर, सडक र बजार पहुँच अभावका कारण किसानले गाउँमै सस्तो मूल्यमा बाली बेच्नुपर्ने बाध्यता टरेको छैन ।
    कृषि क्षेत्रका जानकारहरू भन्छन्—सरकारले बजार विस्तार र ढुवानीमा थप लगानी नगरे परम्परागत बालीको सम्भावना जति भए पनि ग्रामीण विकासमा योगदान दिन सक्दैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij