मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सामाजिक सङ्घसंस्था मार्फत माओवादीलाई स्थापित गर्न प्रचण्डको आह्वान


  • 694
    SHARES
  • http://indianyoga.school/posts/9664
    साउन १३, २०८२ मंगलबार
    सामाजिक सङ्घसंस्था मार्फत माओवादीलाई स्थापित गर्न प्रचण्डको आह्वान

    काठमाडौँ, १३ साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई जनस्तरमा मजबुत बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा जोड दिएका छन ।
    आज माओवादी केन्द्रको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक छलफल कार्यक्रममा अध्यक्ष दाहालले बदलिँदो राजनीतिक परिस्थितिमा यस्ता संस्थामा माओवादीको उपस्थिति र हस्तक्षेप सकारात्मक ढङ्गबाट हुनु जरुरी रहेको स्पष्ट पारे ।
    उनले माओवादीका नेता तथा कार्यकर्ता विभिन्न सामाजिक संस्थामा संलग्न भए पनि पहिचान खुलाउन नचाहने प्रवृत्ति त्याग्नुपर्ने बताउँदै भने, “जहाँ जहाँ हाम्रा साथीहरू छन्, ती संस्था जनमुखी र उत्कृष्ट बन्नुपर्छ । पार्टीको नीति र सोच जनतामाझ मात्रै होइन, संगठनको तल्लो तहसम्म स्पष्ट हुनु आवश्यक छ।”
    अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार माओवादी केन्द्रले अघि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अन्य दलहरूको सोचभन्दा पृथक रहेको उल्लेख गर्दै उनले त्यस अवधारणालाई सामाजिक संस्थामार्फत जनतामाझ प्रभावकारी ढङ्गले स्थापित गर्नुपर्ने धारणा राखेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij