मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

भोटेकोसीमा भीषण बाढी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह


  • 658
    SHARES
  • http://indianyoga.school/posts/9670
    साउन १४, २०८२ बुधबार
    भोटेकोसीमा भीषण बाढी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

    त्रिशूली नुवाकोट, १४ साउनः आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीले त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ, जसका कारण तटीय क्षेत्रमा उच्च जोखिम सिर्जना भएको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सारिन अनुरोध गरेका छन् ।
    नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा कटान गरेको छ। बाढीको बहाव तीव्र रहेकाले बस्तीमा पस्न सक्ने सम्भावना उच्च रहेको र थप क्षति हुन नदिन अग्रिम सावधानी अपनाउन जरुरी रहेको उनले बताए ।
    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले माइकिङ गर्दै नदी किनार नजिकका बासिन्दालाई सतर्क गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिरहेका छन् ।
    यस बाढीका कारण किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को स्टेशनमा पनि क्षति पुगेको छ । विद्युत आपूर्तिमा असर पर्न सक्ने सम्भावनाले चिन्ता थपिएको छ ।
    प्रशासनले संभावित जोखिम क्षेत्रका बासिन्दालाई नदीको बहावबारे सूचित भइरहनु र अनावश्यक रुपमा नदी किनार नजिक नजान आग्रह गरेको छ । लगातारको वर्षाले बाढी अझ फैलन सक्ने पूर्वानुमान छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij