मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

चाँगुनारायणमा विदेशी पर्यटकको भीड, एक वर्षमै एक करोड १९ लाख राजस्व सङ्कलन


  • 685
    SHARES
  • http://indianyoga.school/posts/9672
    साउन १४, २०८२ बुधबार
    चाँगुनारायणमा विदेशी पर्यटकको भीड, एक वर्षमै एक करोड १९ लाख राजस्व सङ्कलन

    भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरले पछिल्लो आर्थिक वर्षमा विदेशी पर्यटकबाट आकर्षक आम्दानी गरेको छ। एक वर्षको अवधिमा मन्दिरमा ३१ हजार २२५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
    चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार तीमध्ये भारतलगायत सार्क राष्ट्रबाट ५ हजार ७५६ तथा अन्य मुलुकहरूबाट २५ हजार ४५९ पर्यटक आएका हुन् ।
    विदेशी पर्यटकको आगमनसँगै चाँगुनारायणले पर्यटन शुल्कबापत रु १ करोड १९ लाख १० हजार ४०० आम्दानी गरेको छ। सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले रु १७ लाख २६ हजार ८०० सङ्कलन गरिएको छ भने अन्य राष्ट्रबाट प्रतिव्यक्ति रु ४०० का दरले रु १ करोड १ लाख ८३ हजार ६०० उठाइएको छ ।
    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबाट प्राप्त रकम चाँगुनारायण क्षेत्रका साथै नगरभित्रका अन्य ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा खर्च गरिँदै आएको जानकारी दिएका छन ।
    चाँगुनारायण मन्दिर नेपाली कला, संस्कृति र इतिहासको एक महत्वपूर्ण प्रतीक मानिन्छ र विदेशी पर्यटकको रोजाइमा पर्ने प्रमुख गन्तव्यका रूपमा परिचित हुँदै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij