मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु


  • 694
    SHARES
  • http://indianyoga.school/posts/9677
    साउन १४, २०८२ बुधबार
    कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

    झापा, १४ साउनः कोशी प्रदेशमा विगत दुई दशकको अवधिमा हात्तीको आक्रमणबाट ९७ जनाले ज्यान गुमाएका छन् भने ४१ वटा हात्ती मरेका छन् । प्रदेश वन निर्देशनालय, धरानका अनुसार सन् २०६२र६३ आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा यो मानवीय तथा वन्यजन्तुजन्य क्षति भएको हो ।
    निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार हात्ती आक्रमणबाट ८७ जना गम्भीर घाइते र १५ जना सामान्य घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै झापामा ७२ जना रहेका छन् । छिमेकी मुलुक भारतबाट आउने हात्तीहरूको मुख्य प्रवेशद्वार झापा भएकाले यहाँ मानवीय क्षति बढी हुने गरेको उनले बताए ।
    अन्य जिल्लाहरूमा मोरङमा १७, सुनसरीमा ७ र इलाममा १ जनाको मृत्यु भएको छ । उता हात्ती मृत्युदर पनि उस्तै देखिएको छ । झापामा २५, मोरङमा ९, सुनसरीमा ६ र उदयपुरमा १ हात्तीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
    डा सापकोटाका अनुसार मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रदेश र सङ्घीय सरकार दुवै स्तरबाट प्रयास भइरहेको छ । “सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय राहत, कृषिबाली क्षतिपूर्तिमा खर्च भइरहेको छ”, उनले भने, “स्थानीयवासीले पनि सतर्कता अपनाए द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।”
    हात्ती आक्रमणमा मृत्यु भएकाको परिवारलाई सङ्घीय सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति र घाइतेहरूलाई २५ हजारदेखि १ लाख रुपैयाँसम्म उपचार खर्च दिँदै आएको छ । यसैबीच, चालु आर्थिक वर्षमा प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रमा बाली बिमा कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
    “डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वयमा कार्यक्रम लागू गरिँदैछ”, डा सापकोटाले भन्नुभयो, “यसको प्रभावकारिता हेरेर भविष्यमा कानुनी प्रावधानसहित दिगो समाधानका लागि सङ्घीय सरकारसँग पहल गर्नेछौँ ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij