मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सिरहामा ८० वर्षीय वृद्धको रहस्यमय हत्या, स्थानीय आक्रोशित


  • 757
    SHARES
  • http://indianyoga.school/posts/9679
    साउन १४, २०८२ बुधबार
    सिरहामा ८० वर्षीय वृद्धको रहस्यमय हत्या, स्थानीय आक्रोशित

    सिरहा, १४ साउनः सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको रहस्यमय परिस्थितिमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । यादव आफ्नै घरमा सुतिरहेको अवस्थामा मङ्गलबार राति अज्ञात समूहको आक्रमणमा परेका हुन् ।
    मृतकका छोरा कपिलदेव यादवका अनुसार राति सुतिरहेकै बेला टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अनुमान गरिएको छ । “बिहान अबेरसम्म नउठेपछि खोज्दा बुबालाई रगताम्य अवस्थामा गम्भीर घाइते फेला पार्यौँ,” कपिलदेवले भने । तत्काल लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन ।
    घटनापछि प्रहरी ढिलो आएको भन्दै आक्रोशित स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनगढी बजार क्षेत्रमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए ।
    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा यो हत्या पारिवारिक विवाद वा पुरानो झगडासँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ । “घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको छ । दोषी पत्ता लगाउन विशेष टोली परिचालन गरिएको छ,” डीएसपी पासवानले भने ।
    स्थानीय बासिन्दाले हत्या घटनाले क्षेत्रको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै दोषीलाई चाँडो भन्दा चाँडो कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij