मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

एमाले दोस्रो विधान महाधिवेशनको तयारी तीव्र, व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड


  • 775
    SHARES
  • http://indianyoga.school/posts/9689
    साउन १५, २०८२ बिहीबार
    एमाले दोस्रो विधान महाधिवेशनको तयारी तीव्र, व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँड

    काठमाडौँ, १५ साउनः नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने दोस्रो विधान महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै विभिन्न व्यवस्थापकीय जिम्मेवारी बाँडफाँड गरेको छ ।
    महाधिवेशन सफल बनाउन नेताहरूलाई विभागीय जिम्मेवारी दिइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिएका छन । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतिनिधिको अन्तिम सङ्ख्या यकिन गर्न सङ्गठन विभागलाई जिम्मा दिएको छ । यस अन्तर्गत १०औँ महाधिवेशनका प्रतिनिधिमध्ये मृत्यु भएका, पार्टी परित्याग गरेका वा अन्य कारणले नआउने प्रतिनिधिहरूको विवरण सङ्कलन गरिनेछ ।
    स्वास्थ्य सेवा व्यवस्थापनको जिम्मा स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक परिचालनको जिम्मेवारी जनसङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले पाउने भएका छन् । सचिवालय तथा खानपान व्यवस्थापन डा.अधिकारीकै संयोजनमा हुनेछ ।
    त्यस्तै, प्रचारप्रसारको जिम्मा प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलाई दिइएको छ भने स्वागत र सांस्कृतिक कार्यक्रमको संयोजन केन्द्रीय सदस्य हेमराज राईले गर्नेछन् । यातायात तथा मञ्च व्यवस्थापन केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मामा तोकिएको छ ।
    महाधिवेशन प्रतिनिधिका लागि आवासको व्यवस्था व्यक्तिगत रूपमा गर्नुपर्नेछ । तर, आवश्यक परेमा सम्बन्धित जिल्ला वा प्रदेश सम्पर्क समन्वय समितिले व्यवस्थापन गर्नेछ । यसका लागि लालबाबु पण्डितलाई विभागीय इन्चार्जको जिम्मेवारी दिइएको छ ।
    महाधिवेशनमा देशभरबाट २,२७९ प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij