मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

फैसला कार्यान्वयनमा तीव्रता चितवन प्रहरीले एक वर्षमै १,५०८ फरार अभियुक्तलाई समात्यो


  • 811
    SHARES
  • http://indianyoga.school/posts/9711
    साउन १८, २०८२ आइतबार
    फैसला कार्यान्वयनमा तीव्रता चितवन प्रहरीले एक वर्षमै १,५०८ फरार अभियुक्तलाई समात्यो

    चितवन, १८ साउनः जिल्लामा अपराध नियन्त्रण तथा कानुनी प्रक्रिया कार्यान्वयनमा चितवन प्रहरीले उल्लेखनीय सक्रियता देखाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले विगत आर्थिक वर्षमा विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेका १,५०८ जना अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । 
    प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ती अभियुक्तहरू १,७६५ वटा मुद्दासँग सम्बन्धित थिए । पक्राउ परेकामध्ये १,६९६ जना पुरुष, १७१ जना महिला र एक जना समलिङ्गी छन् । त्यसैगरी, २४ जना विदेशी नागरिक पनि पक्राउ परेका छन्, जसमा २३ जना पुरुष र एक महिला रहेका छन् ।
    पक्राउ पर्ने अभियुक्तहरूमा कर्तव्य ज्यान, सवारी ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बाल यौन दुरुपयोग, मानव बेचबिखन, अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन, चोरी, जुवा, ठगी, विद्युतीय अपराध तथा बैंकिङ कसुरका मुद्दा रहेका छन् ।
    फैसला कार्यान्वयनतर्फ पनि कार्यालयले पाँच सय ८३ जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । उनीहरूबाट १२७ वर्ष ६ महिना ३ दिन कैद र दुई करोड ५८ लाख ७९ हजार ४१९ रुपैयाँ जरिवाना असुल गरिएको छ । हालसम्म १,८०७ जना अझै कानुनी कारबाहीको प्रक्रिया बाँकी रहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिएका छन ।
    चितवन प्रहरीले अपराध नियन्त्रणसँगै फैसला कार्यान्वयनमा देखाएको सक्रियता उल्लेखनीय मानिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij