मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

नेप्सेमा ६३ अंकको भारी गिरावट, सबै समूह ओरालो


  • 586
    SHARES
  • http://indianyoga.school/posts/9719
    साउन १८, २०८२ आइतबार
    नेप्सेमा ६३ अंकको भारी गिरावट, सबै समूह ओरालो

    काठमाडौँ, १८ साउनः नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ६३.७३ अङ्कले घट्दै २,८५८.९० बिन्दुमा झरेको छ, जुन दुई दशमलव १८ प्रतिशतको गिरावट हो ।
    आज ३१९ कम्पनीको ३ करोड २२ लाखभन्दा बढी कित्ता शेयर रु १३ अर्ब ७ करोडभन्दा बढीको कारोबारसहित किनबेच भयो । कारोबार संख्या १ लाख ५२ हजार नाघ्यो ।
    सबै उपसमूह राताम्य देखिए—सबैभन्दा बढी लघुवित्त समूहमा ३.०५, उत्पादन तथा प्रशोधनमा २.४३, बैंकिङमा २.२७ र जीवन बिमामा २.१६ गिरावट भयो ।
    सकारात्मक सर्किट ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोमा भयो भन नकारात्मक सर्किट सान्भी इनर्जी लिमिटेडमा भएको छ ।
    कारोबार रकमको हिसाबले नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहँदा, सनराईज ब्लुचिप फण्ड सबैभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij