मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

तारकेश्वर–६ का वडाध्यक्ष रिमालको असामयिक निधन, गाउँपालिकामा शोक


  • 559
    SHARES
  • http://indianyoga.school/posts/9730
    साउन १९, २०८२ सोमबार
    तारकेश्वर–६ का वडाध्यक्ष रिमालको असामयिक निधन, गाउँपालिकामा शोक

    त्रिशूली नुवाकोट, १९ साउन – नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ । केही दिनदेखि स्वास्थ्य समस्याबाट ग्रस्त रिमालको काठमाडौँस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
    परिवारका अनुसार, उनलाई एक साता अघि ज्वरो र निमोनिया देखिएको थियो । गत जेठमा पत्थरीको शल्यक्रिया गराएका रिमाल नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका थिए । तर पछिल्लो स्वास्थ्य जटिलताले गर्दा उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।
    नेकपा एमाले नुवाकोटका सचिवालय सदस्य समेत रहेका रिमाल वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए । उनको निधनले तारकेश्वर गाउँपालिका शोकमा डुबेको छ ।

    गाउँपालिका अध्यक्ष शिव अधिकारी ९अविरल० ले शोक वक्तव्य जारी गर्दै आज तारकेश्वर गाउँपालिकालाई ‘शोकको दिन’ घोषणा गरेका छन्। शोक दिवसको अवसरमा वडा कार्यालयहरू, गाउँपालिका तथा सार्वजनिक सेवा प्रवाह गर्ने सबै निकायहरूमा शोक बिदा दिइएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

    स्थानीय नेताका रूपमा जनताको विश्वास जित्दै आएका रिमालको निधनले गाउँपालिकामा ठूलो क्षति पुगेको स्थानीयवासीहरू बताउँछन्। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij