मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

भारतले खोल्दै धौलिगङ्गा बाँध, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह


  • 487
    SHARES
  • http://indianyoga.school/posts/9732
    साउन १९, २०८२ सोमबार
    भारतले खोल्दै धौलिगङ्गा बाँध, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    खलङ्गा, १९ साउनः भारतले नेपालसँग सीमा जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने तयारी गरेपछि महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
    दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको उत्तराखण्डस्थित धौलिगङ्गा जलविद्युत् परियोजनाले सिल्ट सफाइका लागि साउन २० गते बिहान ६ बजेदेखि २१ गते बिहान ६ बजेसम्म बाँधको ढोका खोल्ने जानकारी दिएको हो ।
    सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीद्वारा जारी सूचनामा सो अवधिमा नदीमा माटो, बालुवा लगायतका पदार्थ बग्ने भएकाले जलस्तर असामान्य रूपमा बढ्न सक्ने उल्लेख गरिएको छ । त्यसैले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij