मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग, यात्रु बाटोमै अलपत्र


  • 649
    SHARES
  • http://indianyoga.school/posts/9754
    साउन २१, २०८२ बुधबार
    पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग, यात्रु बाटोमै अलपत्र

    बैतडी, २१ साउनः लगातारको अविरल वर्षापछि खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९ रमिलापुर क्षेत्रमा खसेको पहिरोका कारण राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिएका छन ।
    राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनको आवागमन ठप्प भएको छ भने दर्जनौँ यात्रु बाटोमै अलपत्र परेका छन् । वर्षा भइरहेकाले पहिरो हटाउन कठिनाइ भइरहेको भए पनि राजमार्ग खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।
    जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्ने घटना हुँदै आए पनि वर्षायाममा यस्तो समस्या झनै बढ्ने गरेको स्थानीयवासीले बताएका छन् । यातायात सहज बनाउन सम्बन्धित निकायले तत्काल पहिरो पन्छाउने कार्यमा सक्रियता देखाउन स्थानीयवासीको माग छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij