मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

आजको तरकारी तथा फलफूलको थोक मूल्य


  • 406
    SHARES
  • http://indianyoga.school/posts/9755
    साउन २१, २०८२ बुधबार
    आजको तरकारी तथा फलफूलको थोक मूल्य

    काठमाडौँ, २१ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार उपभोक्ताले बजारमा भित्रिने अधिकांश तरकारी र फलफूलको थोक मूल्यमा फेरबदल भएको छ ।
    थोक मूल्य अनुसार गोलभेँडाको मूल्यमा उल्लेख्य फरक देखिएको छ । ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ६०, लोकल सानो गोलभेँडा रु २६ र टनेलमा उत्पादन भएको सानो गोलभेँडा रु ३८ मा उपलब्ध छ ।
    आलुमा पनि विविधता देखिएको छ — रातो नेपाली आलु रु ४९, भारतीय रु ३८, मुडे आलु रु ४५ र सेतो आलु रु ३९ मा उपलब्ध छ । प्याज भारतीय रु ३८, गाजर लोकल रु १०० र तराईको गाजर रु ९० कायम गरिएको छ ।
    सागसब्जीमा ब्रोकाउली प्रतिकिलो रु २१०, च्याउ डल्ले रु ४००, कुरिलो रु ३५०, निगुरो रु ९०, तोफु रु १२०, गुन्द्रुक रु ३०० तथा सजिवन रु १८० कायम गरिएको छ । विशेष स्वादका लागि प्रयोग हुने पार्सलेको मूल्य प्रतिकिलो रु १३०० पुग्दा, पुदिना रु ३००, सौफको साग रु १७० मा छ ।
    फलफूलतर्फ हेर्दा, स्याउ फुजी प्रतिकिलो रु ३५०, अनार रु ४००, आँप माल्दह रु २००, सुन्तला भारतीय रु ३५०, तरबुजा हरियो रु ८०, जुनार रु २४० र लप्सी रु ५५ मा बिक्री भइरहेको छ ।
    केराको मूल्य प्रतिदर्जन रु १४० तोकिएको छ भने नास्पाती चाइनिज रु २५०, अम्बा रु २५०, मेवा रु १००, काँक्रो लोकल रु ६०, हाइब्रिड काँक्रो रु २० रहेको छ ।
    मसला तथा विशेष वस्तुहरूमा अदुवा रु ९०, हरियो धनियाँ रु ४००, लसुन चाइनिज रु २००, लसुन नेपाली रु १६०, अकबरे खुर्सानी रु २२०, भेडे खुर्सानी रु ७५, छ्यापी हरियो वा सुकेको रु १८०, माछा सुकेको रु १०००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० निर्धारण गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij