मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
विविध
बिहीबार , पुष १८ २०८१

काठमाडौं :नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले

मंगलबार, पुष १६ २०८१

काठमाडौँ :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि अनुसन्धान गर्न थाल्नासाथ आफूलाई प्रधानमन्त्रीबाट हटाएको आरोप लगाएका छन्। सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ को गौरीगञ्ज गाउँपालिका वडा नं ३ मा नेकपा माओवादी

मंगलबार, पुष १६ २०८१

सुर्खेत : कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन। सम्झौता भएको मितिले २३ असार २०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन।     ७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय

बुधबार, पुष १० २०८१

सुर्खेत: कर्णाली प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर स्वास्थ्य पूर्वाधार निर्माण योजनालाई प्राथमिकतामा राखेको हो । आर्थिक वर्ष २०८०/०८१ मा बहुवर्षीय र स्रोत सुनिश्चितता भएका ठूला पूर्वाधार योजनालाई अघि बढाउने नीति अनुरूप स्वास्थ्य पूर्वाधार निर्माण

बुधबार, पुष १० २०८१

काठमाडौं : सत्तारूढ कांग्रेस र एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका छन् ।  दुई दलका शीर्ष नेतासहित बालुवाटारमा भएको शृंखलाबद्ध बैठकले संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र असार १७ मा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना अघि सार्ने तयारी थालेका

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुनेभएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने

आइतबार, बैशाख २३ २०८१

बागमती । बागमती प्रदेशमा पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित फेला परेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म बागमती प्रदेशमा ११ हजार चार सय नौ जना

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । भेटवार्तामा देशको पछिल्लो राजनीतिक समसामयीक घटनाक्रमबारे छलफल भएको हो । विशेषगरी गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समिति

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेको समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पूर्वको कोशीका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने र भोलि र पर्सी (मंगलबार) अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने

आइतबार, बैशाख २३ २०८१

ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन् । यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । साथै

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको नेपालको एक दिने भ्रमणका लागि काठमाडौंआइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । खामीखावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ ।  गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार

आइतबार, बैशाख २३ २०८१

बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् ।  सोही गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट सुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियोे । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशु चौपाया  क्षति

आइतबार, बैशाख २३ २०८१

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै घरका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका१७ स्थित मोबिल स्टोरको टहरोमा आज (आइतबार) बिहान आगलागी हुँदा पाँचजना घाइते भएका हुन् । आगलागीमा परी घाइते हुनेमा सञ्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासमा पेसी तोकिएको छ । यस अघि पटक पटक हेर्न नभ्याइनेमा परेको यो मुद्दा आज तेस्रो स्थानमा

आइतबार, बैशाख २३ २०८१

काभ्रेपलाञ्चोक । वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।  पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास

आइतबार, बैशाख २३ २०८१

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । गत बिहीबार नेपाल सरकार तथा मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ चुच्चे नक्सा १०० रुपैयाँको नोटमा राख्ने निर्णय गरेको छ । उक्त निर्णयविरुद्ध भारतले चर्को विरोध जनाएको छ ।  भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसबारे भारतका पत्रकारहरुले विदेशमन्त्री

आइतबार, बैशाख २३ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुँदैछ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि सुरु हुँदैछ । जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । जनकपुर-जयनगर-भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको हो । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे

आइतबार, बैशाख २३ २०८१

साउदी प्रो लिगअन्तर्गत गए राति भएको खेलमा पोर्जुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासरले अल वेदाविरुद्ध ६-० को जित निकालेको छ । अल वेदाविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनले खेलको ५औँ, १२औँ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । त्यस्तै १८औँ मिनेटमा

आइतबार, बैशाख २३ २०८१

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । आफ्ना नेपाली समकक्षी श्रेष्ठसँग

आइतबार, बैशाख २३ २०८१

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij