मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
images

निर्देशक घिमिरेले भूगर्भ विभागबाट पारे डेढ अर्ब झ्वाँम्म


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/3170
    माघ १३, २०७८ बिहीबार
    निर्देशक घिमिरेले भूगर्भ विभागबाट पारे डेढ अर्ब झ्वाँम्म

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित १८ जनामाथि एक अर्ब २४ करोड रुपियाँभन्दा बढीको बिगोसहित आरोप पत्र दायर गरेको छ ।

    आयोगले उक्त परिमाणको राजस्व हानि गरेको ठहरसहित कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरी कारबाही माग गरेको हो ।

    आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी दोहन गरी उत्खननको मुद्दामा आफैँले तयार गरेको प्रतिवेदन कार्यान्वयन नगरी राजस्व हानि हुने गरी अर्को समितिले तयार गरेको प्रतिवेदनबमोजिम कारबाही गरेको पाइएकाले अनुसन्धानबाट दोषी ठहर गरिएको बताउनुभयो ।

    आयोगले कारबाहीको माग गरेकोमा महानिर्देशक घिमिरेसहित विभागका इन्जिनियर जयराज घिमिरे र उपसचिव सपना अधिकारीमाथि एक अर्ब २४ करोड ४५ लाख २६ हजार रुपियाँ बिगो कायम गरेको छ ।

    आयोगमा उक्त अनियमितताबारे गत साउनमा उजुरी परेको थियो । प्रवक्ता भण्डारीले उक्त मुद्दामा आयोगले तदारुकतासाथ अनुसन्धान गरी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको बताउनुभयो ।

    तत्कालीन उपमहानिर्देशक घिमिरेको नेतृत्वमा गठित तीन सदस्यीय समितिले नौवटा सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन अनुमति पत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुङ्गा निकालेको निष्कर्षसहित एक अर्ब २६ करोड १९ लाख रुपियाँ राजस्व उठाउनुपर्ने कारबाही सिफारिस गरेको थियो ।

    उक्त समितिले २०७६ साल असारमा प्रतिवेदन पेस गरेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij