शुक्रबार, भदौ १३ गते २०८२ Aug 29 2025 Friday
images
images

समाचार

जाजरकोट-रुकुम पश्चिम भूकम्प : पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग


  • 793
    SHARES
  • http://indianyoga.school/posts/5082
    कात्तिक २२, २०८० बुधबार
    जाजरकोट-रुकुम पश्चिम भूकम्प : पर्यटन मन्त्रालय मातहत निकायबाट चार करोड बढी सहयोग

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । 

    मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा चार करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो । 

    मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

    सहयोग रकम जम्मा गर्नेहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम पच्चीस लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ एकतीस लाख ११ हजार एक सय ११, एयर डाइनेष्टिी हेलिकप्टर एघार लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर दश लाख रहेका छन् । 

    त्यस्तै क्यासिनो मोजाङ पाँच लाख, क्यासिनो मोजाङ नेपालगञ्ज पाँच लाख, डेल्टिन क्यासिनो काठमाडौं पाँच लाख, क्यासिनो वेलिज काठमाडौं पाँच लाख, क्यासिनो प्राइड काठमाडौं पाँच लाख, क्यासिनो प्यालेस काठमाडौं पाँच लाख, क्यासिनो प्यालेस झापाले पाँच लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij