बिहीबार , भदौ १२ गते २०८२ Aug 28 2025 Thursday
images
images

आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढयो


  • 559
    SHARES
  • http://indianyoga.school/posts/5223
    मंसिर ७, २०८० बिहीबार
    आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढयो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।   

    जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।  

    राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ०५ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसामा कारोबारको अनुमति दिएको छ ।   

    बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७५ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा कायम हुँदा राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ३७ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७७ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ १० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ५४ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।   

    जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।  

    साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४७ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६३ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २२ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३८ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij