मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

नक्कली नोटसहित एकजना पक्राउ


  • 730
    SHARES
  • http://indianyoga.school/posts/5344
    मंसिर १३, २०८० बुधबार
    नक्कली नोटसहित एकजना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमुलबाट १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङ गजुरी गाउँपालिका-४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई  प्रहरीले पक्राउ गरेको छ ।   

    उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।   

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij