मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

बीमितले देशभरका अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था आवश्यक छ


  • 658
    SHARES
  • http://indianyoga.school/posts/5634
    पुष ५, २०८० बिहीबार
    बीमितले देशभरका अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था आवश्यक छ

    काठमाडौं । स्वास्थ्यमन्त्री तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा गरेका प्रत्येक नेपालीले देशभरिका तोकिएका जुनसुकै अस्पतालबाट स्वास्थ्य सेवा लिन पाउने गरी व्यवस्था गर्न सरोकारवालालाई सुझाव दिए ।

    मन्त्रालयद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजना हस्तान्तरण कार्यक्रममा मन्त्री बस्नेले बिमितले जुन ठाउँमा स्वास्थ्य बीमा गरे पनि आवश्यक परेका बेला जुनसुकै अस्पतालमा गएर सेवा लिन पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताए । 

    स्वास्थ्य बीमाको अहिलेको व्यवस्थाअनुसार बीमितले बीमा गर्दा उल्लेख गरेको नजिकको पहिलो स्वास्थ्य संस्थाले थप उपचारका लागि रिफर गरेपछि मात्र अर्को अस्पतालमा उपचार गराउन पाइने व्यवस्था छ ।

    कर्मचारी निष्पक्ष नहुँदा बीमाप्रतिको आशङ्का बढेको छ, मन्त्री बस्नेतले भने, यद्यपि अहिले बीमा बोर्डले सुधारका योजना सुरु गरेको छ ।

    जुन ठाँउबाट बीमा गरे पनि बीमितले देशभरका कुनै पनि अस्पतालबाट सेवा लिनसक्ने व्यवस्था आवश्यक छ ।

    कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य वित्त रणनीति कार्यान्वयनमा सबै एकजुट हुन आह्वान गरे । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij