मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा जोड


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/5865
    पुष १८, २०८० बुधबार
    औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा जोड

    पाटन (ललितपुर) । चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

    मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो ।

    काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, फार्मेसी विभागका प्रा.डा. पन्ना थापाले मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भए बिरामीमा प्रयोगका लागि सिफारिस गरिने भएकाले बिरामीले पनि औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसार कानुनी व्यवस्था गरिनुपर्नेमा जोड दिए । 

    बिरामीले औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूको जोड छ । मेडिकल जाँच गर्ने क्रममा गाँजाको प्रयोगबाट ठिक हुने प्रमाणित भएको अवस्थामा बिरामीलाई प्रयोग गर्न सिफारिस गर्ने गरिन्छ, धेरैजसो देशले औषधिका रूपमा प्रयोग गर्नपाउनु पर्छ भनेर पैरवी गरेका छन् तर हामीले २० वर्षभन्दा मुनिका लागि भने प्रयोगमा अनुमति दिनुहुँदैन, उनले भने । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij