बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

प्रक्षेपण

नेपाली अर्थतन्त्रको वृद्धिदर सकारात्मक : विश्व बैंक


  • 622
    SHARES
  • http://indianyoga.school/posts/5956
    पुष २६, २०८० बिहीबार
    नेपाली अर्थतन्त्रको वृद्धिदर सकारात्मक : विश्व बैंक

    काठमाडौं । विश्व बैंकले आगामी दिनमा नेपालको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको छ ।

    विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको वृद्धिदर तुलनात्मक रूपमा राम्रो रहेको र आगामी दिनमा त्यसमा अझ सुधार हुने प्रक्षेपण विश्व बैंकले गरेको हो ।

    विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनका अनुसार आगामी आर्थिक वर्ष (०८१र८२) मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने छ ।

    विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १ दशमलव ९ प्रतिशत थियो ।

    सरकारले भने चालु आर्थिक वर्षको आर्थि वृद्धि लक्ष्य ६ प्रतिशत तय गरेको छ । विश्व बैंकले २०२४ मा विश्वव्यापी आर्थिक वृद्धि घट्ने अनुमान गरिरहँदा नेपालको आर्थिक वृद्धदर बढ्ने प्रक्षपण विश्व बैंकले गरेको हो ।

    विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रतिवेदनका अनुसार २०२३ मा २.६ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धि २०२४ मा २.४ प्रतिशत रहने छ.।

    विश्व बैंकले सुरुका चार आवको विश्व्यापी आर्थिक वृद्धि ३० वर्षयताकै कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij