मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

बैंकक प्रस्थान गर्न लागेका यात्रुको थाई भाट चोरी गर्ने व्यक्ति पक्राउ


  • 874
    SHARES
  • http://indianyoga.school/posts/6279
    माघ १८, २०८० बिहीबार
    बैंकक प्रस्थान गर्न लागेका यात्रुको थाई भाट चोरी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बायुसेवा निगमको लोडरको रूपमा कार्यरत दैलेख महावु गाउँपालिका-३ घर भई काठमाडौं काँडाघारी बस्ने ३५ वर्षीय देव बहादुर सुनार बुधबार दिउँसो पक्राउ परेका छन् ।   

    याङ्गहाङले आफ्नो थाई भाट चोरी भएको भनी निवेदन दिए पश्चात सिसिटिभि समेतको अवलोकन गरी प्रारम्भिक अनुसन्धान गर्दा देव बहादुरको गतिविधि शंकास्पद देखिएकोले नियन्त्रणमा लिएर अनुसन्धानको क्रममा उनले उक्त थाई भाट चोरी गरेको खुल्न आएको हो ।

    साथै उनको शरीर तथा लकर तलासी गर्दा विभिन्न दरका थाई भाट १९ हजार ४ सय समेत बरामद भएको छ ।   

    उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाईएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij