मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

गाडीभित्र लुकाई राखेको ४०६ किलो गाँजासहित २ जना पक्राउ


  • 586
    SHARES
  • http://indianyoga.school/posts/6635
    फागुन २, २०८० बुधबार
    गाडीभित्र लुकाई राखेको ४०६ किलो गाँजासहित २ जना पक्राउ

    सुनसरी । जिल्लाको वराहक्षेत्र-९ राजाबासस्थित कोशी किनारमा टाटा सुमो गाडीमा लुकाई राखेको ४०६ केजी ९४० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

    प्रहरीले मंगलबार बिहान सप्तकोशी नदीको राजाबास दाहासंस्कार घाटबाट गाँजा बरामद गरेको हो ।

    गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले बिहान १ः०५ बजे लागूऔषध गाँजा १३ बोरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । 

    प्रहरीले सेतोमा रातो धर्का भएको प्लास्टिकको प्याक गरेको बोरासहित प्रदेश ०१–०२–००१ज ४०५० नम्बरको टाटा सुमो गाडीमा राखिएको अवस्थामा गाजाको बोरा र गाडी बरामद गरेको छ ।

    प्रहरीले १३ वटा बोरामा रहेको गाजासहित बाेलेरो चालक धरान उपमाहनगरपालिका-४ बस्ने वर्ष २५ को सूर्य राई र जिल्ला भोजपुर हतुवागडी गाउँपालिका ८ बस्ने वर्ष २७ को लक्ष्मण राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    गाँजासहितको गाडी लिएर भाग्न खोज्दा प्रहरीले ठुलो चापे टि ५४ बाट दुई राउण्ड फायर गरी नियन्त्रणमा लिएको र मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    मंगलबार जिल्ला अदालत सुनसरीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij