मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पियोर इनर्जीको आईपीओ खुल्यो 

  • 379
    SHARES
  • http://indianyoga.school/posts/8196
    फागुन २०, २०८१ मंगलबार
    पियोर इनर्जीको आईपीओ खुल्यो 

    काठमाडौं। पियोर इनर्जीले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक निष्कासन आईपीओ बिक्री खुलाएको छ।

    कम्पनीले स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो। कम्पनीले १ सय अंकित मूल्यमा १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँकेका स्थानीयलाई छुट्याएको छ। 

    यस्तै, सर्वसाधारणमा निष्कासन हुने १४ लाख ४० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

    यसमा आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

    स्थानीयले कम्पनीको आईपीओमा चैत ५ गतेसम्म आवेदन दिन सक्नेछन्। तोकिएको अवधिसम्म मागअनुसार  आवेदन नपरे चैत २० गतेसम्म दिन सकिनेछ। स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत् उत्पादन केन्द्र तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन्। 

    यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन्।

    बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। २० मेगावाट सौर्य ऊर्जा क्षमताको परियोजना लागत २ अर्ब २ करोड ६० लाख छ। 

    क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij