मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • 586
    SHARES
  • http://indianyoga.school/posts/8413
    चैत ८, २०८१ शुक्रबार
    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं ।  शुक्रबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।


    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । गत बुधबार प्रतितोला एक लाख ७६ हजार पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य, हिजो अथार्त बिहीबार सोही मूल्यमा कारोबार भएको थियो । हालसम्मकै उच्च मूल्यमा दुइ दिन कारोबार भएको सुनको मूल्य यस दिन भने घटेको हो । 

    यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij