मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

सुदुरपश्चिमका बनमन्त्री चौधरी पदमुक्त


  • 2.1K
    SHARES
  • http://indianyoga.school/posts/9423
    असार १९, २०८२ बिहीबार
    सुदुरपश्चिमका बनमन्त्री चौधरी पदमुक्त

    कैलाली — सुदुरपश्चिमका बनमन्त्री चौधरी पदमुक्त भएका छन । मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशन नमानेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएका छन । मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए तर मन्त्री चौधरीले सार्वजनिक रूपमा ‘सक्ने भए बर्खास्त गर्न’ भन्दै मुख्यमन्त्रीलाई चुनौतीपूर्ण अभिब्यक्ती दिएका थिए । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेठ ४ गते मन्त्री  पदमा नियुक्त भएका थिए । सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार रहेको छ । चौधरीको बर्खास्तीपछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैंले समालेका छन ।

    बजेट निर्माणको क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन पालन नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नदिएको लगायतका कार्यप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीले राजीनामा मागेको कुरा खुल्न आएको छ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij