मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

छाउपडी प्रथाविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/9559
    साउन ३, २०८२ शनिबार
    छाउपडी प्रथाविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन

    कैलाली,३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा तथा सामाजिक कूरीतिहरू विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिने निर्णय गरेको छ। आज धनगढी स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रदेशभित्रका सबै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिने निर्णय गरेको हो।
    कञ्चनपुरको कृष्णपुर नगरपालिका – १, निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको घटनाको गम्भीरतालाई ध्यानमा राखी उक्त निर्णय लिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
    प्रदेश सरकारले छाउगोठको उन्मूलनका लागि सामाजिक विभेद तथा छुवाछुतयुक्त व्यवहारको नियमन थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। छाउपडी प्रथाजन्य कूरीति उन्मूलन नीति, २०७६ र सोअनुसारको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेश, जिल्ला र स्थानीय तहस्तरीय समितिहरूले नियमित बैठक बस्ने र आफ्ना कार्यक्षेत्रमा नियमित अनुगमन तथा सक्रियता बढाउने निर्णय पनि गरिएको छ।
    त्यसैगरी, सामाजिक विकास मन्त्रालयमार्फत विद्यालय, समुदाय तथा धार्मिक सङ्घसंस्थालाई लक्षित गर्दै वार्षिक कार्ययोजना बनाइ छाउपडी प्रथा र जातीय विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गरिने निर्णय समेत बैठकले गरेको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij