मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

दुई किलो सुन र नगद सहित  चिनियाँ नागरिक पक्राउ


  • 1.5K
    SHARES
  • http://indianyoga.school/posts/9590
    साउन ६, २०८२ मंगलबार
    दुई किलो  सुन र  नगद सहित  चिनियाँ नागरिक पक्राउ

    काठमाडौँ, ६ साउनः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकरी दिएका छन । उनले भने, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”
    विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ पनि पक्राउ परेका छन ।
    वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भई हाल काठमाडौँ–३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । 
    उनले भने, “पक्राउ परेका मध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै रु तीन लाख १० हजार र सुदीपले सर्बिया पठाइदिने भन्दै रु १८ लाख ५४ हजार लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij