मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कृषिमा केन्द्रित कर्णाली कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत


  • 838
    SHARES
  • http://indianyoga.school/posts/9686
    साउन १५, २०८२ बिहीबार
    कृषिमा केन्द्रित कर्णाली कृषि मन्त्रालयको प्रगति ६९ प्रतिशत

    कर्णाली, १५ साउनः कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको समृद्धिमा आफूलाई केन्द्रित गर्दै गत आर्थिक वर्षमा ६९ प्रतिशत वित्तीय प्रगति गरेको छ भने भौतिक प्रगतिमा औसत उपलब्धि हासिल गरेको छ ।
    बुधबार आयोजित वार्षिक प्रगति समीक्षाका क्रममा मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । समीक्षा अनुसार कालिकोट कृषि विकास कार्यालयले सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ९६.६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको उल्लेख छ ।
    मन्त्रालयका अनुसार ब्याज अनुदान कार्यक्रमअन्तर्गत प्रदेशका छवटा बैंकमार्फत रु. एक अर्ब ४४ करोड लगानी भई ५३५ जना कृषि व्यवसायी लाभान्वित भएका छन् । त्यसैगरी, गत आर्थिक वर्षमा ३६५ मेट्रिक टन अदुवा तथा बेसार जर्मनी निर्यात गरिएको छ ।
    यस अवधिमा दुई हजार कृषक प्राङ्गारिक प्रमाणीकरण प्रक्रियामा सहभागी भएका छन् भने ७४७ वटा साना सिँचाइ योजनामार्फत २,१४२ हेक्टरमा सिँचाइ सेवा सुधार गरिएको र थप ९०० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।
    मन्त्रालयले आगामी वर्ष कृषि यान्त्रीकरण, उत्पादन वृद्धि, बजारीकरण र जलवायु सहनशील कृषि प्रविधिमा विशेष जोड दिने जनाएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij