मंगलबार, भदौ १७ गते २०८२ Sep 02 2025 Tuesday
images
समाचार
बुधबार, मंसिर ६ २०८०

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले भोलि (मंसिर बिहीबार) गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ ।  बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका

बुधबार, मंसिर ६ २०८०

जाजरकोट । बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले एतिहासिक जाजरकोट दरबारमा पनि क्षति बनाएपछि यहाँ सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय अस्थायी संरचना बनाएर सञ्चालन गरिएको छ । शुक्रबारदेखि अस्थायी संरचनाबाट सेवा प्रवाह हुन थालेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी

बुधबार, मंसिर ६ २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गरे । उनले

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुम पश्‍चिमका भूकम्प प्रभावितका लागि पहिलो चरणमा एक हजार अस्थायी आवास बनाउने निर्णय गरेको छ । महामन्त्री गगन थापाको सभापतित्वमा मंगलबार बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ संघ एवं शुभेच्छुक संस्थाका अध्यक्षको बैठकले श्रमदान गरी अस्थायी आवास बनाउने निर्णय

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्शना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्शना पनि परेकी हुन् । रुक्सानाले

मंगलबार, कात्तिक २८ २०८०

काठमाडौं । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।   यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।  राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं (३७ ९इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।  नेपाल

मंगलबार, कात्तिक २८ २०८०

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ ।  आजका दिनमा घर आँगनमा लिपपोत

सोमबार, कात्तिक २७ २०८०

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै छ ।   गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।  स्थानीय

आइतबार, कात्तिक २६ २०८०

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए–बद्री केसी समूह)ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।    एनआरएनएअन्तर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिबार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका एनआरएनएले जनाएको छ ।    शिविरमा भूकम्पपीडितलाई हुनसक्ने सम्भावित रोगबाट बच्नका लागि आवश्यक

आइतबार, कात्तिक २६ २०८०

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी०ले ‘जाजरकोट भूकम्प’ पीडितका लागि राहत तथा प्रतिकार्यका प्रयासलाई अभिवृद्धि गर्न आपत्कालीन अपिल जारी गरेको छ । उसले आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि सहयोग उपलब्ध गराउन यस्तो अपिल जारी गर्ने गर्दछ । आइएफआरसीले ‘जाजरकोट भूकम्प’

आइतबार, कात्तिक २६ २०८०

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएन सहित सरोकारवालाको उपस्थितिमा शनिबार बसेको

आइतबार, कात्तिक २६ २०८०

काठमाडौं । यमपञ्चक अथात् तिहारको दोेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै

शनिबार, कात्तिक २५ २०८०

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा काग सम्मेलन गरिएको छ ।  एकसय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौं शान्ति बाटिकामा आयोजित पत्रकार सम्मेलनमा कागको आवाज निकालेर काग बोलाउँदै

शनिबार, कात्तिक २५ २०८०

जाजरकोट । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।  अत्यधिक बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका

शनिबार, कात्तिक २५ २०८०

जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन ।  भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ

शुक्रबार, कात्तिक २४ २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमलगायत जिल्लामा स्थानीय तहको सहमतिका आधारमा एकद्वार प्रणालीमार्फत राहत वितरण भइरहेको बताएकी छिन् ।  नेपाल सरकारद्वारा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले संघीयताको असली मर्मअनुरुप स्थानीय

शुक्रबार, कात्तिक २४ २०८०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुलने भएका छन् । कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने छन् ।  आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र

बिहीबार , कात्तिक २३ २०८०

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स (ट्वीटर), टिकटक, युट्युब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो । निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ

बिहीबार , कात्तिक २३ २०८०

रुकुम (पश्चिम) गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टरस्केलको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो ।  सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको छ भने हजारौँको सङ्ख्यामा स्थानीय वासिन्दा त्रिपालको साहारामा  चिसो रात कटाउन बाध्य भएका छन् ।  भूकम्पले

सोमबार, कात्तिक २० २०८०

रुकुम (पश्चिम) । भूकम्पका कारण रुकुमपश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।  जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताए । नगरपालिका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूले समितिको बैठकमा

सोमबार, कात्तिक २० २०८०

जाजरकोट । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा संख्या बालबालिका रहेको पाइएको छ ।  प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।  जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना

सोमबार, कात्तिक २० २०८०

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका१ रामिडाँडालाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै ३६६ वटा कक्षाकोठा

सोमबार, कात्तिक २० २०८०

काठमाडौं । हिउँदे याम शुरू भएसँगै काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । चिसोबाट बच्न वा सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । उक्त विभागका अनुसार आज (सोमबार) बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । तुलनात्मक रुपमा हिजोभन्दा आजको तापक्रम

आइतबार, कात्तिक १९ २०८०

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले

शुक्रबार, कात्तिक १७ २०८०

मुगु । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो । हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाई भएको थियो । यही

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij