मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पूर्णखोप सुनिश्चितता तथा दिगोपनमा जाजरकोट


  • 1.6K
    SHARES
  • http://indianyoga.school/posts/9497
    असार २८, २०८२ शनिबार
    पूर्णखोप सुनिश्चितता तथा दिगोपनमा जाजरकोट

    काँक्रेविहार सुर्खेत । जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्लाका सातवटै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ ।
    स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनील पुनले १६ देखि २३ महिना उमेर समूहका बालबालिकाले नियमित खोप तालिका अनुसार सम्पूर्ण खोप लिइसके पछि जिल्लाले पूर्णखोप सुनिश्चितता हासिल गरेको जानकारी दिएका छन ।
    पूर्णखोप सुनिश्चितता अभियान अन्तर्गत जिल्लाका हजारौँ बालबालिकालाई लक्षित गरी खोप सेवा पु¥याइएको छ । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुखहरू, विभिन्न वडाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सङ्घसंस्था, पत्रकार र समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
    जिल्लालाई पूर्णखोप सुनिश्चित बनाउनुका साथै आगामी दिनमा यसको दिगोपना कायम राख्न सबै पक्ष निरन्तर सहकार्य र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम मार्फत बालस्वास्थ्य र खोपको पहुँच विस्तार गर्न आवश्यक रणनीति र सहयोगको खाका प्रस्तुत गरिएको थियो । स्वास्थ्य मन्त्रालयको ‘सबै बालबालिकालाई पूर्णखोप’ भन्ने लक्ष्यअनुसार अगाडि बढाइएको अभियानमा जाजरकोटले उल्लेखनीय सफलतासँगै कर्णाली प्रदेशमा उदाहरणीय उपलब्धि हासिल गरेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij